सौर्यमण्डल -विश्वको भूगोल- नेपालको भूगोल सम्वन्धी जानकारी

 

सौर्यमण्डल / विश्वको भूगोल/ नेपालको भूगोल सम्वन्धी जानकारी

Yesterday
करिब १००० भन्दा बढि प्रस्न अब एकै ठाउँमा फलो गर्नुहोस् थप जानकारिको लागि 
१.. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
२..चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ।
३.. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन ।
४.. हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन ।
५.. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो ।
६.. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती
,शनि,अरुण,बरुण हुन ।
७.. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ ।
८.. सुर्यले आपm्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ ।
९.. International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ ।
१०..सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन ।
१२.. प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन ।
१३... हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ ।
१४.. सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो ।
१४.. कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो ।
१५.. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ ।
१६.. प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ ।
१७.. सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो ।
१८.. डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो ।
२०.. पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो ।
२१.. पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ ।
२२.. पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन ।
२४.. अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो ।
२५... हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ ।
२६... चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ ।
२७.. ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ ।
२८...सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ ।
२९..Early Bird भूउपग्रह संग सम्बन्धीत छ ।
३०.. सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो ।
३१.. पृथ्वी गोलो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन ।
३२.. मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ ।

भाग 2...विश्वको भूगोल:
३४.. आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन ।
३५.. भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन ।
३६.."क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन ।
३७.. एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन ।
३८.. एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन ।
३९.. अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने गर्छ ।
४०... उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने ।
४१... दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने ।
४२.. अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने ।
४३.... युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्डे नेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने ।
४४... अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने ।
४५.. विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो ।
४६... दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन ।
४७.. सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो ।
४९.. १८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो ।
५०.. सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्टोरिया अष्टेलियमा पर्दछन ।
५१..सियुम वायु अरविय क्षेत्रमा,सिरेटो सहारा मरुभूमिमा,पम्पेरो दक्षिण अमेरिकामा,टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा,विलीविली अष्टेलियमा वहने बायुका नाम हुन ।
५३.. निप्पन जापानको, पर्सिया इरानको,गोल्डकोष्ट घानाको,बर्मा म्यानमाको,बाटामिया जाकार्ताको पुराना नाम हुन ।
५४.. भुकम्पको देश जापान,चट्याङको देश भूटान,हजारौ हात्तीको देश लाओस,युरोपको बिरामी टर्कि,नाइल नदीको बरदान इजिप्ट,चिनीको भाडो क्यूवा,आसुको ढोका जेरुसेलम,हराएको शहर पेरु नामले चिनिन्छ ।

१०० प्रश्न उत्तर बिस्वको भूगोल सम्बन्धि:
१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ? → २९ प्रतिशत
२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?→ सात वटा
३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?→ एसिया
४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?→ ४९ वटा
५. भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?→ इराटोस्थेनिज
६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?→ ५४ प्रतिशत
७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?→ एसिया
८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?→ क्याप्सियन सागर(एसिया)
९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?→ एसिया
१०. एसिया महादेशलाई के नामले चिनिन्छ ?→ बिषमताको महादेश
११. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?→ भारत
१२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?→ भारत
१३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?→ अफ्रिका महादेश
१४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?→ अफ्रिका महादेश
१५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
→सहारा(अफ्रिका महादेश)
१६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?→ जोहान्सवर्ग(अफ्रिका महादेश)
१७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?→ नाईल(अफ्रिका महादेश)
१८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ अफ्रिका महादेश
१९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?→ उत्तर अमेरिका
२०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?→ क्रिस्टोफर कोलम्बस(सन् १४९२)
२१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?→ उत्तर अमेरिका
२२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट
२३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
२४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?→ उत्तर अमेरिका
२५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?→ पेयसी
२६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?→ माउण्ट मेकिल्ने
२७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?→ हरिकन/टोरनेडो
२८. विश्वको चौथो ठूलो महादेश कुन हो ?→ दक्षिण अमेरिका
२९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?→ टिटिकाका(दक्षिण अमेरिका)
३०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?→ पनामा नहर
३१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
३२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?→ पेम्पाज
३३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?→ बोलिभियाको राजधानी लापाज
३४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?→ बोलिभिया र पराग्वे
३५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?→ दक्षिण अमेरिका
३६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?→ अन्टार्कटिका
३७. सबै भन्दा कान्छो महादेश कुन हो ?→ अन्टार्कटिका
३८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?→ छैटौँ
३९. युरोप महादेशमा कति देश पर्दछन् ?→ ५० वटा
४०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?→ रसिया
४१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?→ युरोप
४२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ युरोप
४३. 'Bread Basket of the world' भन्नाले कु देशलाई चिनिन्छ ?→ युक्रेन
४४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?→ अष्ट्रेलिया
४५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ अष्ट्रेलिया
४६. अस्टे«ेलिया महादेशको खोज कसले गरेका हुन् ?→ ऐबेल तस्मान र जेम्स कुक
४७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?→ अष्ट्रेलिया
४८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?→ आधा
४९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?→ ७१ प्रतिशत
५०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?→ पाँच वटा(शुत्र–प्रआहिकुसु)
बोनस: थप ५०
१. शून्य डिग्री देशान्तरलाई के भनिन्छ ?→ प्रधान मध्यान्ह रेखा
२. एक देशान्तरको स्थानिय समयलाई देशभर मानिन्छ भने त्यसलाई के भन्निछ ?→ प्रमाणिक समय
३. नेपालको प्रमाणिक समय के को आधारमा निर्धारण गरिएको छ ?→ गौरीशंकर हिमाल(दोलखा)
४. नेपालको प्रमाणिक समय कहिले देखी निर्धारण गरिएको हो ?→ वि.स.२०४२ बैशाख १
५. नेपालको प्रमाणिक समय अन्तराष्ट्रिय, प्रमाणिक समय(ग्रिनबिच) मिनटाइम) भन्दा कति फरक छ ?→ ५ घण्टा ४५ मिनेट चलाख
६. स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?→ १ बज्छ(८ डिग्री फरक छ)
७.उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?→ लम्बवत(Vertical)
८. समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?→ क्षैतिज(Horizental)
९. विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?→ ९६
१०. समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?→ कर्डिलेरा पर्वत
११. विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?→ एण्डिज
१२. विश्वको सर्वाधिक उच्च टापु(पर्वत शिखर) कु हो ?→ जाजा पिक
१३. विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?→ मौनालोआ
१४. हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?→ सुमेरु पर्वत
१५. हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?→ बिन्ध्याचल पर्वत
१६. युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?→ विसुवियम
१७. समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?→ मौनाकी
१८. विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?→ फुजी(जापान)
१९. ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?→ माउण्ट ओलम्पस
२०. अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?→ माउण्ट रसमोर
२१. विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो सफल महिला को हुन ?→ जुन्को तावेई(सन् १९७५ मे १६,जापान)
२२. विश्वको सर्वोच्च चुचुरो सगरमाथाको अहिले सम्म कति महिलाले सफल आरोहण गरेका छन् ?→ पाँच
२३. विश्वको सबै भन्दा ठूलो उष्ण प्रदेशीय मरुभुमि कुन हो ?→ सहारा मरुभुमि
२४. विश्वको सबैभन्दा ठूलो बलौटे मुरुभुमि कुन हो ?→ अेरेवियन मरुभुमि
२५. मरुभुमि नभएको महादेश कुन हो ?→ युरोप
२६. भु–कम्प नाप्ने यन्त्रलाई भे भनिन्छ ?→ सिस्मोग्राफ
२७. भु–कम्प कुन एकाईमा नापिन्छ ?→ रेक्टर स्केल
२८. भु–कम्प उत्पन्न हुने पृथ्वीको भित्री केन्द्रलाई के भनिन्छ ?→ हाईपो सेन्टर
२९. हईटीमा २ लाख भन्दा बढकिो ज्यान जाने गरी ७ रेक्टर स्केलको भु–कम्प कहिले गएको थियो ?→सन् २०१० जनवरी १३
३०. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाईन्छ ?→ हरेक बर्ष माघ २ गते
३१. भुकम्पीय जोखिमका हिसावले नेपाल विश्वको कतिऔँ स्थानमा छ ?→ ११ औँ
३२. विश्वमा अहिले सम्म भएका भुकम्प मध्ये सबै भन्दा ठूलो भुकम्प कहाँ गएको छ ?→ भ्याल्डिभिया, चिली(९.५ रेक्टर स्केल,सन् १९६०)
३३. ज्वालामुखी निस्कने मुखलाई के भनिन्छ ?→ क्रेटर
३४. प्रशान्त महासागरको वरीपरी फैलिएको ज्वालामुखिको क्षेत्रलाई के भनिन्छ ?→ प्रशान्त अग्निको घेरा
३५. बुनै समयमा चालु हुने र कुनै समयमा बन्द हुने जवालामुखिलाई के भनिन्छ ?→ सुषुप्त ज्वालामुखि
३६. विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि कुन हो ?→ मौनालोआ
३७. विश्वको सवोच्च स्थानमा रहेको ज्वालामुख िकुन हो ?→ ओजोस डेल
३८. दुई नदीको मिलन बिन्दुलाई के भनिन्छ ?→ दोभान
३९. तीन नदी मिल्ने ठाउँलाई के भनिन्छ ?→ त्रिबेणी
४०. विश्वको सबैभन्दा लामो नदी कुन हो ?→ नाईल(इजिप्ट)
४१. संसारका सबैभन्दा बढी जलराशि भएको नदी कुन हो ?→ अमेजन नदी
४२. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?→ च्छो रोल्पा(गौरी शंकर हिमालको कोखमा)
४३. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?→ क्याप्सियन सागर
४४. संसारको सबैभन्दा अग्लो स्थानबाट झर्ने झरना कुन हो ?→ एञ्जल झरना
४५. शुद्ध वायुमा नाईट्रोजनको मात्रा कति हुन्छ ?→ ७८.०९ प्रतिशत
४६. शुद्धवायुमा अक्सिजनको मात्रा कति हुन्छ ?→ २०ं.९५ प्रतिशत
४७. भारतको थार मरुभुमिबाट ग्रिष्म ऋतुमा वहने तातो वायुलार्य के भनिन्छ ?→ लु
४८. सहारा मरुभुमिबाट उत्पत्ति भई सिसिली हुँदै ईटाल ितिर बहने वायुलार्य के भनिन्छ ?→ पिसरेक्टो
४९. विश्वमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?→ ४८
५०. सबै भन्दा बढी भूपरिवेष्गिठत राष्ट्र भएको महादेश कुन हो ?→ युरोप(१८ वटा)
भाग ३ नेपालको भूगोल:
५५.. दुन क्षेत्रले नेपालको कुल भूभागको ८.५ प्रतिशत ओगटेको छ ।
५६... महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन दोलखा जिल्लामा पर्दछ ।
५७.. चुरे क्षेत्रले ठिक दुइ भागमा विभाजन गरेको जिल्ला नवलपरासि हो ।
५८..नेपालको सिमानाबाट बंगलादेश २७ कि.मी टाढा छ भने भूटान ३२ कि.मी टाढा पर्दछ ।
५९..क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो अञ्चल महाकाली हो भने सबैभन्दा ठूलो अञ्चल कर्णाली हो ।
६०..नेपाल र चीन सीमानको सबैभन्दा नजिकको बस्ती शेरावस्ती हो ।
६१.. हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला रुकुम पुर्ब हो।
६२..धरातलिय विविधताको कारणले सबैभन्दा बढी सकारात्मक प्रभाव पारेको नेपालको व्यवसाय पर्यटन हो।
६३.. गण्डकीबाट धौलागिरीमा सरिएको जिल्ला पर्वत हो।
६४..अञ्चल सिमाना नछुने तिन जिल्ला भक्तपुर,नुवाकोट र लमजुङ हुन।
६५..ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेका्े एकमात्र नदी तमोर हो।
६६..नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर हो जुन मकवानपुरमा पर्दछ।
६७..ह्वाङहो नदी पछि संसारकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कोशी हो
६८..कोशी व्यारेजमा ५६ ढोका रहेका छन।
६९..रोशी नदी काभ्रे जिल्लामा पर्दछ।
७०..नेपालले सन १९८७ डिसेम्बर १७ मा सिमसार महासन्धीमा हस्तक्षर गरेको हो।
७१..नेपालको जनकपुर शहरलाई पोखरीहरुको शहर भनेर चिनिन्छ।
७२..इन्द्रावती र सुनकोशी नदी दोलालघाटमा एकैठाउमा मिसिन्छन।
७३.. शुलिगाड झरना डोल्पामा,टोड्के झरना इलाममा,टिपताल झरना ताप्लेजुङ,बैकुण्ठे झरना पाल्पामा पर्दछन ।
७४.. कल्छमन ताल गोरखामा,सत्यवती ताल पाल्पामा,रानी ताल कञ्चनपुरमा,छायानाथ दह मुगुमा,शान्ती कुण्ड कास्कीमा,गजुली दह चितवन मा पर्दछन।
७५..इन्द्रवतिको पौराणीक नाम सत्यवाहिनी,मादीको रत्नधारा,झिमरुकको धर्माबती,राप्तीको अचिरावती,धोविखोलाको रुद्रमति,तादीको सूर्यवती हो।
७६.. करूवाको लागी पाल्पा,तरकारीको लागि भक्तपुर,अलैचिको लागि इलाम,अदुवाको लागि मालनेटा,सावर छालाको लागि दैलेख,ताप्केको लागि विरगंज,नासपातीका लागि फर्पिङ,सख्खरको लागि बैतडी प्रख्यात छन ।
७७..नेपालमा पर्वतारोहणको लागि खुल्ला गरिएका हिमालको संख्या ४१४ ओटा रहेका छन।
७८...५२ पोखरी ५३ तालको जिल्ला भनेर रुकुमलाइ चिनिन्छ भने १२ वण्डाल १८ खण्डालको जिल्ला भनेर सुर्खेतलाइ चिनिन्छ।
७९...मुस्ताङमा पाइने जङ्गली भुस्याहा कुकुरलाइ त्यहाका मानिसहरुले लाक भन्दछन।
८०.. कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने व्यक्ती जर्ज वेन्ड बेलायतका हुन।
li
प्रश्न:-२५० नेपालको भूगोल:
नेपालको भूगोलसम्बन्धी सम्पुर्ण प्रश्न-उत्तरहरु (खरिदार तथा सुब्बार अधिकृतको तयारीका लागी अति उपयोगी)
Ø नेपालको क्षेत्रफल कति छ ? – १,४७,५१६ वर्ग कि.मि.
Ø नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
Ø नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
Ø नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
Ø नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३
Ø नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३
Ø नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
Ø नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
Ø नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा
Ø नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा
Ø नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
Ø नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
Ø नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर रेखालाई
Ø नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
Ø कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
Ø नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
Ø नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
Ø ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
Ø ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
Ø गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
Ø सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
Ø चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
Ø सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? –जलेश्वर
Ø ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
Ø सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
Ø नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
Ø नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
Ø दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
Ø काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.
Ø नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
Ø नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
Ø नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
Ø नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
Ø मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
Ø सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
Ø महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
Ø महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
Ø भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
Ø काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
Ø काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
Ø काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
Ø चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
Ø झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
Ø कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
Ø महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
Ø सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
Ø दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
Ø नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
Ø अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
Ø नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
Ø नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
Ø च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
Ø म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
Ø नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
Ø विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
Ø पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३५वटा
Ø हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२१ वटा
Ø तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२१ वटा
Ø काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
Ø धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
Ø हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –करिब २०%
Ø पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? – करिब ६२%
Ø तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? – करिव १८
Ø नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –९.५ प्रतिशत
Ø पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –३९.३ प्रतिशत
Ø तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –५०.२ प्रतिशत
Ø नेपालको होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
Ø भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
Ø नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
Ø नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
Ø फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
Ø हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
Ø पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
Ø तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
Ø चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
Ø नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
Ø पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
Ø पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
Ø पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
Ø महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
Ø ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
Ø दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
Ø नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
Ø जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
Ø सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
Ø सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
Ø मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
Ø मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा
Ø सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
Ø नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
Ø सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
Ø सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
Ø राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
Ø राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
Ø नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
Ø महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
Ø महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
Ø ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
Ø माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
Ø सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
Ø सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
Ø सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
Ø बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
Ø नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
Ø स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
Ø ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
Ø सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
Ø राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
Ø सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
Ø धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
Ø सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
Ø डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
Ø काकडभिट्टा–बङ्गलाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
Ø नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
Ø सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर
Ø चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
Ø नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
Ø नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
Ø पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
Ø नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
Ø नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
Ø नेपालमा ७७ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – २१
Ø जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
Ø गण्डक सम्झौता कहिले भएको थियो ? – २०१

Comments

Popular posts from this blog

Why does Ukraine matter?

Find the square pyramid volume as a function of aa and HH by slicing method